९ मंसिर २०८३, बुधबार

शाक्यको अग्रता कायम, जोशी धेरै पछाडि (अपडेट)

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ६ जेठ । काठमाडौं महानगरपालिकाको मेयरमा एमालेका विद्यासुन्दर शाक्यले आफ्नो अग्रता कायम राखेका छन् ।

साढे आठ बजेको मत परिणाम अनुसार शाक्यले १६३६९ मत पाएका छन् । उनका प्रतिद्वन्द्वी कांग्रेसका मेयर पदका उम्मेदवार राजराज जोशीले ११२०९ मत पाएका छन् । शाक्यले जोशीलाई ४६८२ मत अन्तरले पछाडि पारेका छन् ।

तेस्रो स्थानमा विवेकशील पार्टीकी मेयर पदकी उम्मेदवार रञ्ज न्यौपानेले ६५२६ मत पाएकी छिन् ।