९ मंसिर २०८३, बुधबार

पोखरामा एमालेको अग्रता १६ सयले बढ्यो, उपमेयरमा पनि उस्तै

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

पोखरा, ६ जेठ । पोखरा–लेखनाथ महानगरपालिकामा एमालेका मेयर पदका उम्मेदवार मानबहादुर जिसी प्रतिद्वन्द्वी कांग्रेसका रामजी कुँवरभन्दा १६४२ मतले अग्रता लिइरहेका छन् ।

शनिबार बिहान सात बजेको मत परिणाम अनुसार एमालेका जिसीले १८६१७ मत पाएका छन् । जिसीलाई नेपाली कांग्रेसका कुँवरले १६९७५ मतसहित पछ्याइ रहेका छन् ।

उपमेयरमा पनि एमालेका उम्मेदवार अगाडि देखिएका छन् । एमालेले १७६०८ मत पाएका छन् । कांग्रेसका उपमेयरका उम्मेदवारले १५७४७ मत पाएका छन् ।