काठमाडौं, ६ जेठ । काठमाडौं महानगरपालिकामा एमालेका विद्यासुन्दर शाक्ले आफ्नो अग्रतालाई फराकिलो बनाउँदै लगेका छन् । शाक्ले १३५५३ मतसहित लिड गरिरहेका छन् ।
शाक्यलाई कांग्रेसका मेयर पदका उम्मेदवार राजुराज जोशीले ९४४९ मतसहित पछ्याइ रहेका छन् । तेस्रो स्थानसहित विकेकशील पार्टीकी रञ्जु दर्शना न्यौपानेले ५५०७ मत पाएकी छिन् ।
ललितपुर महानगरपालिकामा नेपाली कांग्रेसका चिरीबाबु महर्जनले आफ्नो अग्रतालाई कायम राखेका छन् । शनिबार बिहानको पछिल्लो मतपरिणाम अनुसार महर्जनले १५०४१ मत पाएका छन् ।
महर्जनलाई एमालेका मेयर पदका उम्मेदवार हरिकृष्ण व्यञ्जनकारले पछ्याइ रहेका छन् १३२१६ । तेस्रो स्थानमा साझा पार्टीका रमेश महर्जनले ७०८९ मतसहित पछ्याइ रहेका छन् ।
भरतपुर महानगरपालिकामा एमालेका देवी ज्ञवाली १५१५५ मतसहित अगाडि छन् । माओवादी केन्द्रकी रेणु दाहालले १४८०९ मत पाएकी छिन् ।
पोखरा महानगरपालिकामा एमालेका मानबहादुर जिसीले १५१२९ मतसहित अगाडि छन् । उनलाई कांग्रेसका रामजी कुँवरले १४४५५ मतसहित पछ्याइ रहेका छन् ।











प्रतिक्रिया