
काठमाडौँ, ५ जेठ । बढी मत भेटिएपछि ललितपुर महानगरपालिकाको मतगणना रोकिएको छ । ललितपुर महानगरपालिका वडा नं १५ को महेन्द्र आदर्श विद्यालय केन्द्रमा मुचुल्का भन्दा बढी मत भेटिएपछि एमालेको विरोधमा मतगणना रोकिएको हो । पहिलो मतगणनामा २६ मत बढी भेटिएको थियो । फेरि मत गणना गर्दा ५ मत बढी भेटिएको हो ।
यता, ललितपुरकै महालक्ष्मी नगरपालिकाको पनि दुई दिनदेखि मतगणना रोकिएको छ । माओवादी केन्द्रको अवरोध गरेपछि मतगणना रोकिएको निर्वाचन हो । वडा नं ६ मा तीन मतले कांग्रेस विजयी भएपछि माओवादी केन्द्रको विरोधमा मतगणना अबरुद्ध भएको ो ।











प्रतिक्रिया