२९ आश्विन २०८३, बिहिबार

छोरा पारसलाई छुटाउन छ लाख भाट, प्रेमिकाको भूमिका शंकास्पद

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Parash-Shah-pakrau-dainiknepal2काठमाडौं, २७ असोज । विगतमा पूर्वयुवराज पारसलाई दुख पर्दा साथ दिने तथा रकमको खाँचो पर्दा सहयोग गर्ने पूर्वरापिरिवारका आफन्त लागूऔषधसहित पक्राउ पर्दा भने कोही पनि थाइल्याण्ड गएका छैनन । गएको बुधबार थाइल्याण्ड र लाओस सिमानाको लुङखाइमा पक्राउ परेका पारस स्थानीय प्रहरी हिरासतमा छन् ।

पारसलाई आपत्ति पर्दा सहयोग गर्ने धीरेन्द्रपुत्री दिलासा, शीताष्मा र पूजा शाही तथा नातेदार राजीव शाही निर्मल निवासमै छन् । तर पारसलाइ छुटाउन हुन्डीमार्फत ७ लाख भाट थाइल्याण्ड पठाइएको छ । पारसलाई आज अदालतमा पेस गरिने छ ।

त्यस्तै पारस पक्राउ घटनामा उनकी थाई प्रेमिका कनिका चान्साइको भूमिका शंकास्पद देखिएको छ । आर्थिक लाभ लिने उद्धेश्यले उनले पारसलाई योजनाबद्ध रुपमा फसाएको अनुमान गरिएको छ । यो समाचार आजको नयाँ पत्रिका र नेपाल समाचार पत्र दैनिकले छापेका छन् ।