२९ आश्विन २०८३, बिहिबार

आतंककारीका निशानामा नेपाली नेताहरू

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

gun-1काठमाडौं, २७ असोज । भारत सरकारले आतंककारीद्धारा नेपालका केही महत्वपूर्ण नेताको हत्या हुन सक्ने सूचना नेपाल सरकारलाई दिएको छ ।

काठमाडौंस्थित भारतीय दुतावासले दिएको यो सूचनामा नेपाली नेताहरुको हत्यासँगै आफ्ना दूतावासका वरिष्ठ अधिकृतहरुको पनि अपहरण हुन सक्ने उल्लेख छ ।

१८ दिनअघि अर्थात २४ सेप्टेम्बर, २०१४ मा एक गोप्य तथा औपचारिक पत्र मार्फत भारतले नेपाली नेताहरु तथा भारतीय कुटनीतिक अधिकृतहरुको सुरक्षासँग सम्बन्धित अति संवेदनशिल सूचना दिएको हो ।

अन्तर्राष्ट्रिय आतंकवादी संगठन अलकायदा र इन्डियन मुजाहिद्धिनबाट त्यस्तो कार्यको संभावना रहेको उल्लेख छ ।

विमानस्थलबाट विमान अपहरण हुन सक्ने कुरा उल्लेख समेत छ । सूचनामा आतंकवादीले विशालु ग्याँसको प्रयोगद्धारा सर्वसाधारण जनता समेत अपरहरण हुन सक्ने उल्लेख छ । भारतले राजधानी र वरिपरिका केही स्थान तोकेरै तिनमा आतंकवादी बसेको हुन सक्ने सूचना पनि दिएको आजको अन्नपूर्ण पोस्ट दैनिकले छापेको छ ।