९ मंसिर २०८३, बुधबार

पाँचखाल नगरमा कांग्रेसका खरेल र दनुवार विजयी

504
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काभ्रे, ५ जेठ । काभ्रेको पाँचखाल नगरपालिकाको प्रमुख तथा उपप्रमुखमा नेपाली कांग्रेसका महेश खरेल र लक्ष्मी दनुवार विजयी भएका छन् । खरेलले ७ हजार ३ सय ५६ र दनुवारले ७ हजार २६ मत प्राप्त गरेकी छिन् ।

प्रमुखमा निकटतम नेकपा एमालेका रुद्र बाँनियाले ६८ सय र उपप्रमुखमा एमालेकै भक्तकुमारी लामाले ६६ सय २२ मत प्राप्त गरेका थिए ।

ओवादी केन्द्रका आइतसि तामाङले ३ हजार २ सय ७९ र रुकमणि बराइलीले ३ हजार ६ सय २३ मत प्राप्त गरेका छन् । वडाअध्यक्षमा पनि नेपाली कांग्रेसले बहुमत प्राप्त गरेको छ ।

वडा नं ३,४, ८, ९, ११, १३ मा नेपाली कांग्रेस, वडा नं १, ६, ७, १०, १२ मा नेकपा एमाले र वडा नं २ र ५ को अध्यक्षमा नेकपा ९माओवादी केन्द्र० विजयी भएका छन् ।