विजय थापा
भर्जिनिया । उत्तर अमेरिकाकै नेपाली समुदायको सबैभन्दा जेठो संस्था अमेरिका नेपाल सोसाइटी डिसीको अध्यक्षमा जीवन तिवारी निर्बिरोध निर्वाचित भएका छन् । नेपालको लागि अमेरिकाका पूर्व राजदुत एल्स्वर्थ बंकर प्रथम मानार्थ सभापति रहेको उक्त संस्था बंकर भियतनाम युद्धमा व्यस्त भएको समयमा १९६७ मा वाशिंगटन डिसीमा नेपाली समुदायको लागि स्थापना गरि दिएका हुन् ।
निर्बिरोध निर्वाचित भएका तिवारी नेपालको कास्कीका बासिन्दा हुन् । उनी एक दशकदेखि अमेरिकाको मनासस सहरमा बसोबास गर्दै आएका छन् । उनले अमेरिका नेपाल समाजको बिभिन्न पदमा बसी कार्य गरेका छन् ।
प्रथम उपाध्यक्षबाट आफ्नो उम्मेदवारी दिएका हुन् । सात सदस्यीय समितिमा एक महिलाको प्रतिनिधित्व सहित सबै पदका उम्मेदवारहरु निर्बिरोध निर्वाचित भएका हुन् ।
तिवारीले सबै समुहलाई समेट्दै नेपाली समुदायलाई स्थापित गर्ने आफ्नो लक्ष्य भएको बताउदै आफ्नो समिति राम्रो भएकोमा खुशी ब्यक्त गर्दै समुदायलाई धन्यबाद दिएका छन् । अक्टोबर १९ तारिखका दिन निर्वाचनको मिति राखिएको भएता पनि निर्बिरोध निर्वाचित भएकोले सोहि दिन हस्तान्तरण कार्यक्रम हुने भएको छ ।
२०१४ देखि २०१६ सम्म रहने उक्त कार्यसमितिको प्रथम उपाधध्क्षमा चन्द बराल, द्वितीय उपाध्यक्षमा थलबहादुर चन्द, महासचिवमा प्रेमप्रसाद पौडेल, सचिवमा रामभक्त अधिकारी, काषाध्यक्षमा यशोधा भण्डारी तथा सुजित अर्याल संचार संयोजकमा निर्बिरोध निर्वाचित भएका छन् ।














प्रतिक्रिया