९ मंसिर २०८३, बुधबार

बालकोटमा कांग्रेसबाट वडाध्यक्ष जितेका कमलनाथले ओलीलाई के भने ?

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ४ जेठ । भक्तपुरको सूर्यविनायक नगरपालिका वडा नम्बर २ का वडाध्यक्ष कमलनाथ आचार्यले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई अप्ठ्यारो परेका बेला सहयोग गर्ने प्रतिक्रिया दिएका छन् ।

वडा नम्बर २ स्थित बालकोटमा ओली बसोबास गर्दै आएका छन् । पूर्वप्रधानमन्त्री ओलीले वैशाख ३१ गतेको स्थानीय निर्वाचनमा सोही वडाबाट मतदान गरेका थिए । ओलीले मतदान गरेको तथा एमालेको मजबुत वडाका रूपमा हेरिएको २ नम्बरमा नेपाली कांग्रेसका तर्फबाट कमलनाथ आचार्य १३८५ मतसहित बुधबार वडाध्यक्ष निर्वाचित भएका छन् । उनले एमालेका रवि श्रेष्ठ १७ मतले पराजित गरेका थिए । श्रेष्ठले १३६८ मत मात्रै ल्याउन सफल भए ।

एमाले उम्मेदवारलाई झिनो मतले हराउँदै राष्ट्रिय नेता केपी ओलीको वडामा जित हात पारेपछि सञ्चारकर्मीसँग कुरा गर्दै वडाध्यक्ष आचार्यले अप्ठेरोमा परेका बेला ओलीलाई आफू सहयोग गर्न सधैं तयार रहने बताएका हुन् ।

ओलीको वडा भएपनि जनताले आफूलाई विश्वास गरेको भन्दै उनले भने– ‘म जनताको विश्वासमा कमी हुन दिन्नँ, जनतालाई खुसी राख्छु ।’ आफू जनताको हितमा काम गर्ने भन्दै उनले अगाडि भने– ‘ओलीज्यूको वडा हो, यो समग्र वडाको समस्या मेरो सरोकारको विषय हो, ओलीज्यूलाई कुनै समस्या पर्यो भने म त्यसलाई पनि ध्यान दिन्छु र सुल्झाउन प्रयत्नरत रहन्छु ।’

यता सूर्यविनायक नगरपालिकाको वडा नम्बर १ का भने एमालेकै उम्मेदवार विजयी भएका छन् ।