९ मंसिर २०८३, बुधबार

ललितपुर महानगरमा एमाले पछाडि, थाहा नगरमा माओवादी अगाडि

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

चिरीबाबु महर्जन

ललितपुर, ४ जेठ । ललितपुर महानगरपालिमा नेपाली कांग्रेसका मेयर पदका उम्मेदवार चिरीबाबु मर्हजनले अग्रता लिएका छन् ।

पछिल्लो पटक प्राप्त मत परिणाम अनुसार महर्जनले १०३०० मत पाएका छन् । एमालेका मेयर पदका उम्मेदवार हरिकृष्ण व्यञ्जनकारले ९८८३ मत पाएका छन् ।

उता, मकवानपुर जिल्लाको थाहा नगरपालिकामा माओवादी केन्द्रले आफ्नो अग्रता बढाउँदै लगेको छ । पछिल्लो मत परिणाम अनुसार, माओवादी केन्द्रका उम्मेदवारले १८१४ को मतान्तर बनाउँदै लिड गरिरहेका छन् ।

माओवादी केन्द्रका मेयर पदका उम्मेदवारले ६३७० र एमालेका मेयर पदका उम्मेदवारले ४५३६ मत पाएका छन् । उपमेयरमा कांग्रेसले ५०३३ र एमालेले ४६४७ मत पाएका छन् ।