१ कार्तिक २०८३, शनिबार

३० बालबालिका भारतमा लगेर किन बिक्री गरिन पूजाले ?

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

पथरी, २६ असोज । झापा जलथल–८ की पूजा पोखरेलले पैसाका लागि ३० जना बालबालिका भारत लगेर बेचेको स्वीकार गरेकी छिन् ।

एउटै व्यक्तिले तीन महिनाको अवधिमा ३० जनालाई भारतको राजस्थान पु¥याउनुले यसमा ठूलो गिरोह सक्रिय रहेको हुनसक्ने आशङ्का प्रहरीले गरेको छ ।
इलाका प्रहरी कार्यालय रानीको अनुसन्धानपछि कमिसन लिएर ३० बालबालिका बेचेको पोखरेलले स्वीकार गरेकी हुन् । बिक्री स्थलसम्म पु¥याएपछि एकजना बराबर रु एक हजारदेखि रु तीन हजार पाउने गरेको उनको भनाइ छ । सञ्चारकर्मीसँग कुरा गर्दै पोेखरेलले ३० जना बालबालिकालाई भारत पु¥याइसकेको बताइन् ।

उनलले नेपालबाट लिएर गएका बालबालिकालार्ई घरायसी काममा लगाउने गरेको दाबी गरिन् । काममा लगाएपछि भारतीय घरधनीले नेपालबाट बालबालिका लिएर जाने व्यापारीलाई प्रतिव्यक्ति मासिक एक हजार दिने गरेको उनको भनाइ छ ।

सप्तरी सीतापुर–८ का ३१ वर्षीया रीता खड्का, झापा जलथल–८ की २९ वर्षीया पूजा पोखरेल र सप्तरी धरमपुर–८ की पुष्कर निरौलालाई प्रहरीले पक्राउ गरिसकेको छ । रासस