१ कार्तिक २०८३, शनिबार

१३ वर्षीया एक बालिकालाई बलात्कार गर्ने व्यवसायी प्रहरी खोरमा

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

सुरुङ्गा (झापा), २६ असोज । झापाको चारपाने निवासी १३ वर्षीया एक बालिकालाई बलात्कार गरेको अभियोगमा एक व्यवसायी पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा बिर्तामोड नगरपालिका–१ चारपाने निवासी ४८ वर्षीय शम्भु भण्डारी छन् । गत शुक्रबार बालिकाको घरमा दूध लिन पुगेका उनले घरमा कोही पनि नभएको मौका छोपी ती बालिकालाई बलात्कार गरेको निवेदनका आधारमा उनलाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालय बिर्तामोडका डिएसपी सञ्जयबहादुर राउतले जानकारी दिनुभयो ।

पीडित बालिका स्थानीय एक विद्यालयमा कक्षा ६ मा अध्ययनरत हुन् । भण्डारी झापाको बिर्तामोडस्थित सुजुकी मोटरसाइकल बिक्री कक्षका सञ्चालक हुन् ।