काठमाडौं, ३ जेठ । नेकपा एमालेले काठमाडौँको शंखरापुर नगरपालिकामा मेयर र उपमेयर जितेको छ ।
एमालेका सुवर्ण श्रेष्ठ ४ हजार ८ सय ३३ मत प्राप्त गरेर विजयी भएका हुन् । उनका निकटतम प्रतिद्वन्द्वी काँग्रेसका शंकर तिवारीले २ हजार ९ सय ५० मत ल्याए ।
उपप्रमुखमा एमालेकै शुक्रलक्ष्मी शाक्य ४५०१ मतसहित विजयी भएकी छिन् । उनकी प्रतिद्वन्द्वी काँग्रेसकी मन्जु खड्काले २९११ मत ल्याएकी थिइन् ।
९ वडा रहेको शंकरापुरमा एमाले ५, राप्रपा २ वटा तथा काँग्रेस र माओवादी केन्द्र १–१ वटा वडामा विजयी भएका छन् ।












प्रतिक्रिया