१ कार्तिक २०८३, शनिबार

६सय १ जना सभासदलाई कहिलेसम्म पालेर राख्नेः विद्या भण्डारी

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

biddhayaइटहरी, २६ असोज । नेकपा (एमाले)की केन्द्रीय उपाध्यक्ष एवम् अखिल नेपाल महिला सङ्घकी केन्द्रीय अध्यक्ष विद्यादेवी भण्डारीले विभिन्न बहानाबाजी देखाएर देशलाई संविधान जारी नगरी पटकपटक बन्धक बनाएर हेर्न नसकिने बताउनुभएको छ ।

नेत्री भण्डारीले कति वर्षसम्म देशलाई संविधान नदिएर बन्धक बनाएर राख्ने भन्ने प्रश्नसमेत गर्नुहुँदै अब जसले जे बहानामा संविधान जारी गर्ने समय बिताउन खोज्छ त्यसलाई चिरेर जानुपर्ने कुरामा पनि जोड दिनुभएको छ ।

उहाँले आज सुनसरी जिल्लाको खनरामा आयोजित शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रममा बोल्नुहुँदै नेत्री भण्डारीले आगामी माघ ८ गते संविधान जारी गरेर देशलाई नयाँ शिराबाट अघि बढाउनुपर्ने कुरामा जोड दिनुभयो ।

नयाँ संविधान जारी गरेर स्थानीय निकायको चुनाव गराई देशलाई राजनीतिक रुपमा निकास दिने विषयम केन्द्रित हुनुपर्ने कुरामा पनि उहाँको जोड थियो ।

यो संविधानसभाले पनि नेपाली जनताले चाहेको संविधान नदिने हो भने ६०१ जना सभासदलाई कहिलेसम्म पालेर राख्ने र मानवीय सम्वेदनशील मुद्दाहरुलाई अनिर्णयको घेरामा राखेर कहिलेसम्म नेपाली जनतालाई अन्यायमा पारिरहने त्यसलाई चिर्दै जानुपर्ने नेत्री भण्डारीको भनाइ थियो ।

नेकपा (एमाले)ले अहिलेको सम्पूर्ण शक्ति नयाँ संविधान निर्माण गर्ने विषयमा केन्द्रित गरिरहेको उल्लेख गर्नुहुँदै नेत्री भण्डारीले नयाँ संविधान संविधानसभाबाट नै निर्माण होस् भन्ने प्रक्रियालाई विशेष महत्व दिएर आएको पनि स्पष्ट पार्नुभयो ।

विगतमा पनि संविधान जारी गर्ने वा लेखन गर्ने कार्य विभिन्न उपाय अवलम्बन गरेर ल्याउने गरेको दृष्टान्त प्रस्तुत गर्नुहुँदै २०४७ सालमा पनि पाँच सदस्यीय आयोगमार्फत संविधान आएको स्मरण गराउनुभएको छ ।

नेत्री भण्डारीले जनताले चाहेको नेपालको लोकतान्त्रिक संविधान जारी गरी मुलुकलाई नयाँ संरचनाबाट विकास गर्ने अठोट लिएर काम गर्ने बेलामा विभिन्न बहानाबाजीमा संविधान नै नबन्ने परिस्थिति ल्याउन खोज्नुले देश र जनतामाथि घात गर्नु हो भन्नुभयो ।

वैकल्पिक केन्द्रीय सदस्य तैयव हुसेनको अध्यक्षतामा भएको शुभकामना आदानप्रदान तथा चियापान समारोहमा सुनसरी सुकुम्बासी आयोगका संयोजक खेमराज पोख्रेल स्थानीय नेताहरु हरि राई, भद्रनारायण चौधरी, सीता पौडेल, मौलाना मौलिकलगायतले पनि बोल्नुभएको थियो ।