९ मंसिर २०८३, बुधबार

ललितपुरमा रोमाञ्चक प्रतिस्पर्धा, मेयरमा एमाले १ मतले अगाडि

28
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

ललितपुर, ३ जेठ । ललितपुर महानगरपालिकामा रोमाञ्चक प्रतिस्पर्धा भइरहेको छ । अहिले एमालेका उम्मेदवार हरिकृष्ण व्यञ्जनकार काँग्रेस भन्दा १ मतले अगाडि छन् । उनले ८९७० मत पाएका छन् भने कांग्रेस उम्मेदवार चिरीबाबु महर्जन ८९६९ मतका साथ दोस्रो नम्बरमा छन् । साझा पार्टीका उम्मेदवार रमेश महर्जनले ३८४७ मत पाएका छन्।

चारवटै महानगरपालिकामा एमाले अगाडि 

ललितपुरसहित चारवटै नगरपालिकामा एमालेले अग्रता लिएको छ ।

काठमाडौँमा एमालेका मेयर पदका उम्मेदवार विद्यासुन्दर शाक्यले १७२८ मत पाएका छन् । यसैगरी, कांग्रेसका राजुराज जोशीले ११०३ मत पाएका छन् ।

तेस्रो स्थानमा विकेकशील पार्टीकी रञ्जु दर्शना न्यौपानेले ८४७ मत पाएकी छन् । साझा पार्टीका किशोर थापाले ६५७ मत पाएको छ ।

उपमेयरमा काँग्रेसकी उम्मेदवारले ९४२ मत पाएकी छिन् भने राप्रपाका उम्मेदवारले ८९८ मत पाएका छन् ।

पोखरामा नेकपा एमालेका मेयरका उम्मेद्वारले अग्रता लिइरहेका छन् । एमालेका मेयरका उम्मेदवार मानबहादुर जिसीले ४८५४ मत ल्याएका छन् भने काँग्रेसका रामजी कुँवरले ४५८९ मत ल्याएका छन् ।

उपमेयरमा नेकपा एमालेकी मन्जु गुरूङले ४५५४ मत पाएकी छिन् भने काँग्रेसकी सरस्वती गुरूङले ४१५१ मत पाएकी छिन् ।

भरतपुरमा पनि एमालेकै अग्रता छ । प्राप्त मत परिणाम अनुसार देवी ज्ञवालीले ३८७० मत पाएका छन् । माओवादी केन्द्रकी मेयर पदकी उम्मेदवार रेणु दाहालले २४६१ मत पाएकी छन् । राप्रपाका बद्री तिमल्सिनाले १८४ मत पाएका छन् ।

उपमेयरमा एमालेकी दीब्या शर्माले ३३१३ र कांग्रेसकी पार्वती शाहले २९७१ मत पाएकी छन् ।