मेलम्ची, २६ असोज । सिन्धुपाल्चोक जिल्लाको सिन्धुकोट गाविस वडा नं। ४ बस्ने गोपालबहादुर सार्कीको आफ्नै पुफुको छोराको कुटपिटबाट मृत्यु भएको छ ।
असोज १९ गते आफ्नो भाइ कुमारबहादुर सार्कीको मोबाइल लिएर हिँडेको निहुँमा सोही गाउँ निवासी आफ्नै फुपूको छोरा कृष्णबहादुर सार्कीले कुटपिट गरी गम्भीर घाइते बनाइएका ४४ वर्षीय गोपालको उपचारका क्रममा काठमाडौँस्थित नेपाल मेडिकल कलेजमा गएराति मृत्यु भएको इलाका प्रहरी कार्यालय मेलम्चीका प्रहरी निरीक्षक चन्द्रबहादुर थापाले बताउनुभयो ।
घटनाबारे अनुसन्धान गर्न इलाका प्रहरी कार्यालय मेलम्चीले कृष्णबहादुरलाई पक्राउ गरेको छ ।















प्रतिक्रिया