९ मंसिर २०८३, बुधबार

काठमाडौं महानगरपालिकामा विद्यासुन्दर शाक्य २ हजार मतले अगाडि (अपडेट)

28
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, ४ जेठ । काठमाडौं महानगरपालिकामा नेकपा (एमाले)को अग्रता कायमै छ ।

प्रमुखमा एमालेका उम्मेदवार दुई हजार भन्दा बढी मतले अगाडि छन् । एमालेका विद्यासुन्दर शाक्य पाँच हजार २४५ मतसहित अग्रस्थानमा छन् भने उनलाई नेपाली काँग्रेसका राजुराज जोशीले तीन हजार २४ मतले पछ्याइरहेका छन् ।

त्यसैगरी विवेकशील नेपाली दलका रञ्जु दर्शनाले दुई हजार १३७ मत र साझा पार्टीका किशोर थापाले एक हजार ४५२ मत प्राप्त गरेका छन् ।

यसैगरी उपप्रमुखमा काँग्रेसकी हरिप्रभा खड्गीले तीन हजार ४५१, राष्ट्रिय प्रजातन्त्र पार्टीका राजाराम श्रेष्ठले दुई हजार ५३३ मत प्राप्त गरेको मुख्य निर्वाचन अधिकृत दीपेन्द्र अधिकारीले जानकारी दिए ।

आज बिहानदेखि ११ स्थानमा मतगणना गर्न थालिएको छ ।