काठमाडौं, २६ असोज । सरकारले सामुदायिक विद्यालयमा २५ हजार स्थायी शिक्षक नियुक्ति गर्न कानुनी प्रक्रिया अघि बढाएको छ । लामो समयदेखि अस्थायी शिक्षकको संख्या बढी भएको र रिक्त स्थानमा नियुक्ती गर्न एकै पटक २५ हजारको संख्यामा स्थायी गर्ने तयारी शिक्षा मन्त्रालयको छ ।
अस्थायी शिक्षकका लागि १५ हजार र खुल्ला प्रतिप्रस्र्धाबाट १० हजार स्थायी बिज्ञापन खुल्ला गर्न मन्त्रालयले प्रक्रिया अघि बढाएको छ ।
शिक्षक सेवा आयोग ले २०६९ सालमा शिक्षक सेवा आयोग नियमावलीमा भएको सातौं संशोधनपछि ११ वैशाख २०६३ पछि रिक्त पदका लागि १० हजार खुल्ला र १५ हजार आन्तरिक प्रतिस्प्रर्धाका आधारमा बिज्ञापन खुल्ला गर्न मन्त्रालयले आठौं शिक्षा ऐन संशोधनमा समावेश गरेको सहसचिव डाक्टर हरि लम्सालले बताएको समाचार आजको राजधानी दैनिकले छापेको छ ।















प्रतिक्रिया