काठमाडौँ, २५ असोज । एमाओवादीका प्रवक्ता दीनानाथ शर्माले राष्ट्रपति डा. रामवरण यादवलाई जथाभावी नवोल्न चेतावनी दिनुभएको छ ।
शनिबार पार्टी मुख्यालयमा आयोजित नियमित पत्रकार भेटघाटमा उहाँले यस्तो चेतावनी दिनुभएको हो ।
‘संवैधानिक जिम्मेवारीमा बसेको राष्ट्रपति जस्तो मान्छेले यति प्रदेश बनाऊ र उति प्रदेश बनाऊ भनेर जथाभावी बोलेको भन्दै त्यस्तो नवोल्न र मर्यादाको ख्याल राख्न शर्माले चेतावनी दिनुभएको हो ।
केही दिनअघि राष्ट्रपति यादवले देशले घेरै प्रदेशहरु धान्न नसक्ने अभिव्यक्ति दिनुभएको थियो ।
पत्रकार सम्मेलनमा शर्माले सुशील कोइराला नेतृत्वको सरकारको विकल्प सोच्नतिर नलाग्न पनि आग्रह गर्नुभयो ।
सत्ताको खेलमा लाग्ने हो भने तोकिएको मितिमा संविधान नबन्ने उहाँको भनाई थियो ।















प्रतिक्रिया