१ कार्तिक २०८३, शनिबार

प्रहरी र स्थानीयबीचको झडपमा एकको मृत्यु, स्थिति तनावग्रस्त भएपछि कर्फ्यु आदेश

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बारा, २५ असोज । प्रहरी र स्थानीयबीच भएको झडपमा बाराको हरिहरपुर गाविसमा एक जनाको ज्यान गएको छ ।

झडपमा प्रहरीले गोली चलाउँदा हरिहरपुर–७, नईका टोलाका जयनारायण पटेलको मृत्यु भएको हो ।

पटेलको मृत्युपछि स्थिति तनावपूर्ण बनेकाले सिम्रौगढ बजार र आसपासका क्षेत्रमा प्रशासनले  दिउँसो २ देखि साँझ ६ बजेसम्म कर्फ्यु आदेश जारी गरेको छ ।
सडक मर्मतको माग गर्दै प्रदर्शनमा उत्रिएका विद्यार्थी र प्रहरीबीच हरिहरपुर गाउँको महादेव मन्दिरनजिक नहरको बाटोमा झडप भएको हो ।

झडपमा अन्य दुई जना घाइते भएका छन् । घाइते हुनेमा अमृतगन्ज–३ का नागेश्वर कुश्वाहा र हरिहरपुरका सह महमद हवारी छन् ।
आक्रोशित विद्यार्थी र गाउँलेले प्रहरीको दुईवटा गाडी तोडफोड गरेका छन् ।