ईश्वरी जी.एम.
रोल्पा, असोज २५ । रोल्पा होेलेरीको एक होटलमा ठुलो रकम सहित जुवा खेलिरहेका ११ जना युवाहरुलाई प्रहरीले पक्राउ गरेको छ ।
छिमेकी जिल्ला दाङसहित रोल्पाका विभिन्न गाविसका व्यक्तिहरु भेला भई दंगाली होटलमा जुवा खेलिरहेको अवस्थामा विशेष सुराकीको आधारमा ईलाका प्रहरी कार्यालय होलेरीको एक टोलीले उनीहरुलाई पक्राउ गरेको हो ।
रकम सहित पक्राउ परेका उनीहरुलाई जिल्ला प्रहरी कार्यालय रोल्पामा बुझाएको छ । पक्राउ पर्नेहरुमा दंगाली होटलका सञ्चालक आकाश बस्नेत, घोराही ११ दाङका धन बहादुर बुढा, जौलीपोखरी ७ का पहल बुढा, नुवागाउ ३ का भक्त बि.क., गैरिगाउ ५ का केशर बि.क. छन् ।
त्यसैगरी नुवागाउ २ का मदन घर्ती, झेनाम १ का भिम बहादुर थापा, दुविडाडा ७ का दिल बहादुर बुढा, दुब्रिङ १ का हेम कुमार थापा, सखी ९ का खडानन्ड डाँगी , घोराही १० दाङका श्रीकुमार बुढालाई पनि प्रहरीले पक्राउ गरेको छ ।
उनीहरुको साथबाट प्रहरीले २ लाख ११ हजार ५ सय ५ रुपैयाँ जफत गरेको प्रहरी नायव उपरिक्षक नविनराज राईले बताउनुभयो ।















प्रतिक्रिया