१ कार्तिक २०८३, शनिबार

झापाको एक विद्यालयलाई पूर्व विद्यार्थीले दिए १६ थान कम्प्युटर

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

झापा, २५ असोज ।  झापाको चारपानेमा अवस्थित अमरसिह उच्च माविका पुर्व विद्यार्थीले उक्त विद्यालयलाई १६ वटा कम्प्युटर प्रदान गरेका छन ।

उनीहरुको सहयोगमा विद्यालयले कम्प्युटर प्राप्त गरेपछि उक्त विद्यालयले कम्प्युटर कक्षा सञ्चालनको समेत उद्घाटन गरेको छ ।

विद्यालयका प्राचार्य यदुनाथ अधिकारीले विद्यालयले कम्प्युटर प्राप्त गरेपछि पठन–पाठन पनि राम्रो हुने भन्दै खुशी व्यक्त गर्नुभयो ।

अंग्रेजी माध्ययममा पठन–पाठन हुने यो विद्यालयका लागि स्थानीय समाजसेवी कृष्ण भटटराइले १६थान कम्प्युटर सहयोग गर्नुभएको प्राचार्य अघिकारीले जानकारी दिनुभयो ।

यो विद्यालयमा अधिकांश मजदुरका छोरा–छोरीले अध्ययन गर्ने गरेका छन् । सरकारी विद्यालय भए पनि यहाँ नर्सरीदेखि नै पठन–पाठन हुने गरेको छ ।

गत बैशाखमा स्थानीय  विष्णु अ‍ोली र प्रेम पौडेलले उक्त विद्यालयमा अक्षय कोषको स्थापना गर्न  जनही एक लाख एघार हजार रुपैया हस्तान्तरण गरेका थिए ।

२०१४ सालमा स्थापना गरिएको यो उच्चमाविमा हाल ७ सय ५० विद्दार्थीहरु अध्ययनरत छन ।