काठमाडौँ, २५ असोज । विश्व स्वास्थय संगठन (डब्लूएचओ) का अनुसार हालसम्म इबोला भाइरसका कारण मृत्यु हुनेको संख्या ४ हजार नाघेको छ ।
पश्चिमी अफ्रिकी देश गिनी, लाइबेरिया र सिएरा लियोनमा मात्र ४ हजार २४ को मृत्यु भएको डब्लूएचओले जनाएको छ ।
डब्लूएचओका अनुुुसार लाइबेरियामा मात्र २ हजार ३ सय १६ जनाको मृत्यु भएको छ भने सिएरा लियोनमा ९ सय ३० र गिनीमा ७ सय ७८ जनाको मृत्यु भएको छ ।
नाइजेरियामा ८ र अमेरिकामा एक जनाको ज्यान गएको छ । जानकारी अनुसार पश्चिम अफ्रिकामा मात्र २ सय ३३ बढी स्वास्थ्यकर्मीेको मृत्यु भएको छ ।













प्रतिक्रिया