९ मंसिर २०८३, बुधबार

कालिकोटबाट आयो अप्रिय खबर, विप्लव माओवादीको आतंकले स्थिति तनावग्रस्त

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ३१ वैशाख । कालिकोटको नरहरिनाथ गाउँपालिकास्थित नन्दादेवी माविमा नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले मतपटिका कब्जामा लिएर जलाएको छ ।

ठूलो संख्यामा आएका विप्लव माओवादीका कार्यकर्ताहरुले मतपेटिकालाई कब्जामा लिएर आगजनी गरेका हुन् । मतदानस्थलबाट मतगणनास्थलतर्फ लैजाने क्रममा भोटसहितको एउटा ब्यालेट बक्स विप्लवका कार्यकर्ताले जलाएको प्रमुख जिल्ला अधिकारी गिरधारी सुवेदीले जानकारी दिए । नरहरिनाथ गाउँपालिका अन्तर्गत साविकको माल्कोट गाविसमा मतपेटिका कब्जा गर्ने क्रममा सुरक्षाकर्मीसँग केहीबेर झडप हुँदा ६ जना घाइते समेत भएका छन् ।

विप्लव समूहले अचानक घेराबन्दी गरेपछि मतदान अधिकृतसहितका सरकारी अधिकारी र प्रहरीहरु भागेको बताइएको छ । विप्लव माओवादीले नेपाली सेनाको टोलीलाई पनि आफूहरुले नियन्त्रणमा राखेको दाबी गरेको छ ।