गोकुलेश्वर (दार्चुला), २५ असोज । पानीको अभावमा भगवती गाविसको न्वालपानी गाउँमा शौचालय प्रयोगविहीन भएका छन् ।
खानेपानीसमेत समस्या हुने न्वालपानी गाउँमा बनेका शौचालय पानीकै समस्याका कारण निकै कम प्रयोग हुने गरेका छन् ।
भगवतीलाई खुला दिसामुक्त गाविस घोषणा गरिए पनि न्वालपानी तथा सिराडलगायतका खानेपानी समस्या भएका गाउँमा शौचालयको प्रयोग प्रभावकारी बन्न नसकेको हो ।
हिउँदको सुरुवातसँगै न्वालपानी गाउँमा खानेपानीको समस्या हुने गरेको छ । गाउँमा रहेको पानीको मुहान हिउँद लागेसँगै सुक्न थालेपछि करिब दुई घण्टाको दूरीबाट पानी बोकेर आपूर्ति गर्नुपर्ने स्थानीयवासीको बाध्यता छ ।















प्रतिक्रिया