१ कार्तिक २०८३, शनिबार

आज कण्डम दिवस, राजधानीका छ स्थानमा निशुल्क कण्डम वितरण

42
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

condom-day1काठमाडौं, २५ असोज ।  मुलुकभरी आज राष्ट्रिय कण्डम दिवस विभिन्न कार्यक्रमको आयोजना गरी मनाइँदैछ ।
यौनरोग, प्रजनन स्वास्थ्य, परिवार नियोजन लगायतका क्षेत्रमा काम गर्ने संघसंस्थाको आयोजनामा यो दिवस मुलुकभरी नै मनाइदैँ छ ।

‘दोहोरो सुरक्षाका लागि कण्डममा पहुँच बढाऔं’ भन्ने  नारासहित मनाउँदै गरेको यो दिवसमा एचआईभी एड्स, यौनरोग तथा अनिच्छित गर्भ रहनबाट बच्न कण्डमको प्रयोग गर्नुपर्ने, कण्डम प्रयोग गर्दा अपनाउनुपर्ने सावधानी लागयतका विषयमा जानकारी दिइने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
कण्डम दिवसकै अवसर पारेर राजधानीका कलंकी, लगनखेल, कोटेश्वर, गौशाला, पुरानोबानेश्वर र नयाँ बसपार्कमा कण्डमका स्टल नै राखिएको मन्त्रालयले जानकारी दिएको छ ।
ती स्टलहरुमा कण्डमको प्रयोग, प्रयोगबाट हुने फाइदा, प्रयोग गर्ने तरिकाको जानकारी दिनुका साथै निःशुल्क वितरणसमेत गरिएको छ ।