९ मंसिर २०८३, बुधबार

दोलखा घटना अपडेटः प्रहरीको गोलीबाट मारिने कांग्रेस कार्यकर्ता, सेनाको हेलिकप्टर आउदै

5k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

चरिकोट (दोलखा), ३१ वैशाख । दोलखाको मेलुङ गाउँपालिकामा नेपाली काँग्रेस र नेकपा (एमाले)का कार्यकर्ताबीच आज अपराह्न झडप भएपछि स्थितिलाई नियन्त्रणमा लिन प्रहरीले बाध्य भई गोली चलाउँदा एक जनाको मृत्यु भएको छ ।

उक्त घटनामा काँग्रेस कार्यकर्ता नकुल भुजेलको मृत्यु भएको बुझिएको छ । सहायक प्रमुख जिल्ला अधिकारी यज्ञराज भट्टका अनुसार मेलुङ गाउँपालिकाको पवटी मतदान केन्द्रमा उक्त घटना भएको हो ।

झडपमा केही व्यक्ति घाइते भएका छन् ।

हेलिकप्टर घटनास्थलमा

यसैबीच प्रहरीको गोलीबाट कांग्रेस कार्यकर्ताको ज्यान गएपछि प्रमुख जिल्ला अधिकारी यज्ञराज बोहराको टोली सेनाको हेलिकोप्टर लिएर घटनास्थल पुगेको छ ।
हेलिकोप्टरले मृतकको शव र घाइतेलाई सदरमुकाम लिएर आउने बताइएको छ ।