३० आश्विन २०८३, शुक्रबार

‘सिक्री’ सुरक्षा दिन प्रहरीलाई टाउको दुःखाइ

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Sikriकाठमाडौं, २५ असोज । मोटरसाइकलमा आएर पैदलयात्रीको सिक्री लुटेर भाग्ने समूह फेरी राजधानीमा सलबलाएको छ ।  दिनभर रेकी गरी बाटो ढुकेर सिक्री लुटपाट गर्ने घटना दोहोरिएपछि प्रहरीलाई टाउको दुखाइ बनेको छ ।

यो साता मात्रै दुईवटा यस्तै घटना भएका छन् । शान्तिनगरको जुलु राइ बिहीबार मोटरसाइकलमा आएका अपरिचित २ युवाबाट लुटिईन ।

उनले लगाएको साढे ३ तोलाको सुनको सिक्री लुटियो । यसअघि मंगलबार नयाँबजारस्थित भट्ट क्याफेअगाडि बिना महर्जनको एक तोलाको सिक्री मोटरसाइकलमै आउका युवाले लुटेको समाचार आजको अन्नपूर्ण पोष्ट दैनिकले छापेको छ ।