भक्तपुर, ३१ वैशाख । दुई दशकपछि आज भइरहेको स्थानीय तहको निर्वाचनमा प्रमुख प्रतिपक्षी नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले मतदान गरेका छन् ।
ओलीले बालकोटस्थित महेन्द्र शान्ति विद्यालयको मतदान स्थलबाट मतदान गरेको एमालेले जनाएको छ । मतदानपछि सञ्चारकर्मीसँग कुरा गर्दै ओलीले मतदान सफल रुपमा सम्पन्न गर्न र मन परेको उम्मेदवारलाई मत दिन आह्वान गर्नुभयो । उहाँले चुनावमा एमाले पहिलो शक्ति बन्ने संकेत पनि गरे ।
२० वर्षको अन्तरालमा हुन लागेको स्थानीय तहको निर्वाचन अन्तर्गत पहिलो चरणको निर्वाचन भैरहेको छ । पहिलो चरणमा हुन लागेको प्रदेश ३, ४ र ६ नम्बर प्रदेशमा हुन लागेको निर्वाचनमा यी प्रदेशमा मतदाता नामावली हुने एमाले नेताहरुले मतदान गर्दैछन् ।
कुन नेताले कहाँ मतदान गर्दैछन् ?
१. केपी शर्मा ओली
पद : अध्यक्ष
ठेगाना : बालकोट–२ भक्तपुर
मतदान केन्द्र : महेन्द्र शान्ति स्कुल बालकोट
२. युवराज ज्ञवाली
पद : उपाध्यक्ष एवं प्रदेश नम्बर ६ का संयोजक
ठेगाना : काठमाडौँ वडा नम्बर- १४
मतदान केन्द्र : जनपथ माध्यमिक विद्यालय, कलंकी
३. अष्टलक्ष्मी शाक्य
पद : उपाध्यक्ष एवं प्रदेश नम्बर ३ का संयोजक
ठेगाना : नागार्जुन नगरपालिका- ४, पाँचधारा
मतदान केन्द्र : तीनधारा स्कुल
४. ईश्वर पोखरेल
पद : महासचिव
ठेगाना : टोखा नगरपालिका- ६
मतदान केन्द्र : स्काइ लार्क स्कुल धापासी
५. पृथ्वी सुब्बा गुरुङ
पद : सचिव
ठेगाना : क्व्होलासोथर गाउँपालिका- ९, टक्सार
मतदान केन्द्र : बुद्धोदय मावि, गिलुङ
६. योगेश भट्टराई
पद : सचिव
ठेगाना : काठमाडौँ- २९, अनामनगर
मतदान केन्द्र : पद्यकन्या मावि डिल्लीबजार
७. किरण गुरुङ
पद : स्थायी समिति सदस्य एवं प्रदेश नम्बर ४ का संयोजक
ठेगाना : भीमाद नगरपालिका- ९ तनहुँ ।
मतदान केन्द्र : हिमालय प्रावि
८. भानुभक्त ढकाल
पद : प्रमुख सचेतक
ठेगाना : काठमाडौँ महानगरपालिका- १४
मतदान केन्द्र : परीक्षा नियन्त्रण कार्यालय, बल्खु
९. रवीन्द्र अधिकारी
पद : केन्द्रीय सदस्य
ठेगाना : पोखरा लेखनाथ महानगरपालिका- ३३, भरतपोखरी, कास्की
मतदान केन्द्र : शान्ति उमावि, भरतपोखरी
१०. रामकुमारी झाँक्री
पद : केन्द्रीय सदस्य
ठेगाना : काठमाडौं महानगरपालिका–३१ काठमाडौं ।
मतदान केन्द्र : मिनभवन क्याम्पस बानेश्वर ।













प्रतिक्रिया