काठमाडौं, २५ असोज । विभिन्न जिल्लाका विद्यालयले मादक पदार्थ सेवन गर्ने शिक्षकलार्य कारबाही गरिरहेका बेला सोलुखुम्बुको बुङस्थित खिरौले निम्न माध्यमिक विद्यालयमामा पनि कुनै शिक्षक, अभिभावक तथा विद्यार्थीले मादक पदार्थ सेवन गरी विद्यालय हाताभित्र प्रवेश गरे प्रतिबन्ध लगाइने भएको छ ।
विद्यालय व्यवस्थापन समितिले मादक पदार्थ सेवन गरी आउने शिक्षक तथा अन्य जोहोकीलाइ पनि कडा कारबाही गरिने जनाएको छ । शिक्षकहरुको हकमा मादक पदार्थ सेवन गरी विद्यालय आए पहिलो पटक ५ सय र दोस्रोपटक खाएर आए सेवाबाटै हटाइने विद्यालयले जनाएको समाचार आजको गोरखा पत्र दैनिकले छापेको छ ।















प्रतिक्रिया