काठमाडौं, ३१ वैशाख । भारतले नेपालमा सधैँ शान्ति, स्थिरता र सामाजिक–आर्थिक विकासमा सहयोग गर्दै आएको जनाएको छ ।
नेपालस्थित भारतीय दूतावास लैनचौरले आइतबार प्रेस विज्ञप्ति जारी गरे नेपाल र नेपालीलाई भारत सरकार सधैँ सहयोग गर्दै आएको जनाएको हो ।
केही सञ्चारमाध्यमहरूले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले सन् २०१५ मा नेपालमा आएको शक्तिशाली भूकम्पका सन्दर्भमा दिएको अभिव्यक्तिलाई अहिले आएर गलत प्रसङ्गमा समाचार बनाएर प्रचार गरेको भन्दै अपात्ति जनाएको हो ।
भरतले भनेको छ, ‘नेपालमा विनाशकारी भूकम्पपछिको अवस्थाका बारेमा नरेन्द्र मोदीको भाषण आएको थियो । त्यसलाई अहिले आएर गलत रुपमा प्रस्तुत गरिएको छ । यसले निष्पक्ष पत्रकारितामा प्रश्न उठाएको छ ।’
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको अभिव्यक्ति भनेर नेपाल–भारतबीचको सम्बन्ध बिगार्न खोजिएकोमा आपत्ति जनाउँदै गलत समाचारलाई ‘पित पत्रकार’को संज्ञा दिएको छ ।











प्रतिक्रिया