काठमाडौं । परोपकारी अभियानमा विभिन्न काम गर्दै आएको हेल्प नेपाल नेटवर्कलाई परदेशी लाइफ डटकमको तर्फबाट ५० हजार रुपैंया सहयोग रकम हस्तान्तरण गरिएको छ ।
हेल्प नेपाल नेटवर्क अध्यक्ष अरुण बस्नेतलाई काठमाडौंको कार्यालयमा परदेशी लाइफ डटकमका प्रधानसम्पादक खेम कार्कीले रकम हस्तान्तरण गरेका हुन् । परदेशी लाइफ डटकमले यस अघि कोरियामा चिठ्ठा कार्यक्रम मार्फत नेपाली करिब २ लाख रकम हेल्प नेपाललाई हस्तान्तरण गरेको थियो ।
रौतहटको जुडिबेला स्थित निमावि असन्वामा इलाइब्रेरी स्थापनार्थ सो सहयोग गरिएको हो । नेपाल पत्रकार महासंघ कोरियाका पूर्वअध्यक्ष खेम कार्कीले आफू अध्यक्ष भएको बेला हेल्प नेपालको परोपकारी अभियान गरी कोरियामा १० लाख रुपैंया संकलन गरेको जानकारी दिँदैं कोरियाको हेल्प नेपाल च्याप्टरले निरन्तर सहयोग गरिरहेको बताएका छन ।
कोरिया च्याप्टरको सदस्य रहिसकेका कार्कीले आगामी दिनमा हेल्प नेपाल नेटवर्कलाई सहयोग जारी राख्ने भन्दै ईलाईब्रेरी अभियानमा देशविदेशका नेपालीले सहयोग गर्ने बचनवद्धता गरेको पनि जानकारी गराएका छन ।
हेल्प नेपाल नेटवर्कका अध्यक्ष बस्नेत परदेशी लाईफ डटले गरेको यो सहयोगमा खुसी व्यक्त गद्र्रै देश विदेशका नेपालीहरुको सहयोगमा हेल्प नेपाल संस्था परोपकारी अभियानमा अगाडि बढिरहेको बताए । रकम हस्तान्तरण कार्यक्रममा कोरियाबाट फर्केर संगठित रुपमा कार्य गरिरहेका नेपाल योंगस्टार ग्रुपका सदस्यहरुको पनि उपस्थिति थियो ।














प्रतिक्रिया