काठमाडौं, ३० वैशाख । नेकपा एमालेका नेता प्रदीप नेपालले चीनको ‘वान बेल्ट वान रोड’ अवधारणामा हस्ताक्षर गरेर वर्तमान सरकारका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पाप पखालेको टिप्पणी गरेका छन् ।
सामाजिक सञ्जाल फेसबुकमार्फत कांग्रेस सभापति शेरबहादुर देउवा र प्रचण्ड दुबै नेपालका लागि अनिष्टकारी भएको आरोप लगाउँदै नेता नेपालले प्रधानमन्त्री प्रचण्डले ओबिआरमा हस्ताक्षर गराएर १० प्रतिशत पाप पखालेको तर्क गरेका हुन् ।
उनले कांग्रेस सभापति देउवालाई पनि पाप पखाल्न सुझाव दिएका छन् । उनले भनेका छन्- ‘कांग्रेसको ओरालो लागेको इतिहासमा देउवाले त्यस्तै एउटा काम गरेर पुराना पाप पखालुन ।’












प्रतिक्रिया