९ मंसिर २०८३, बुधबार

मन्त्री थापाले आचार संहिता उल्लंघन गरे, स्थानीयले घेरेपछि बेपत्ता ! (भिडियोसहित)

7.6k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ३० वैशाख । काठमाडौंको कपनबाट आफ्ना उम्मेदवारलाई भोट माग्न पुगेका बेला स्वास्थ्यमन्त्री गगनकुमार थापाको एमालेका स्थानीय नेता तथा कार्यकर्ताहरूले विरोध गरेका छन् । विरोध भएपछि मन्त्री थापा सो स्थानबाट बाहिरिएका छन् ।

शनिबार बिहान करिव पौने दश बजे कपनको जोरधारामा भाषण गर्दै गर्दा एमाले कार्यकर्ताले आचार संहित उल्लंघन गरेको भन्दै विरोध जनाएका थिए ।

विरोध भएपछि थापा कपनको खेलकुद ग्राउण्ड हुँदै बाहिरिएको प्रत्यक्षदर्शीले बताएका छन् ।

एमाले कपनका पूर्व अध्यक्ष ध्रुव न्यौपानेले मन्त्री थापाले आचार संहिता विपरित भोट माग्दै भाषण गरेकाले आफूहरूले त्यसको कडा विरोध गरेको बताए ।