९ मंसिर २०८३, बुधबार

बेनीमा कांग्रेस–एमालेबीच झडप, राइफल बरामद, मुख्य व्यक्ति फरार

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

फाइल तस्बिर

बेनी, ३० वैशाख । म्याग्दीको बेनी नगरपालिका ९ नेप्टेचौरमा कांग्रेस र एमाले कार्याकर्ताबीच झडप भएको छ ।

झडपका क्रममा प्रहरीले कांग्रेस कार्यकर्ता रवी कार्कीको नाममा लाईसेन्स प्राप्त २.२ क्यालिवरको गोली भरिएको टुटु राईफल बरामद गरेको जनाएको छ । घटनाबाट कार्की फरार भएका छन् ।

एमालेले आफ्ना कार्यकर्तालाई कुटपिट भएपछि प्रतिवाद गरेको दाबी गरेको छ । कांग्रेसले कार्याकर्ता बसेको घरमा एमालेले एक्कासि आक्रमण गरेको दाबी गरिएको छ ।

शुक्रबार मध्यराति १२ बजे बेनीबाट एमालेका कार्यकर्ताहरू आएर कांग्रेसका कार्यकर्ता सुतेको घरमा तोडफोड गरेपछि झडप भएको घतानका कांग्रेस सभापति सम्बरबहादुर थापाले बताए । उनले भने, ‘एमालेले हाम्रा मान्छेलाई पटक–पटक आक्रमण गरेपनि सहेका थियौं । शुक्रबार शंकरसँग सामान्य भनाभनपछि छुट्टिएर सुत्न गरेका हौं । तर राति एक्कासि आक्रमण भयो ।’

नेप्टेचौरका एमाले समर्थक शंकर चोखाललाई कांग्रेस कार्यकर्ताहरूले कुटपिट गरेको र खुकुरी हानेको भन्दै एमाले कार्यकर्ताले कांग्रेस सम्पर्क कार्यालय रहेको घर घेराहाली ढुङ्गामुढा गरेपछि घरभित्र कार्यकर्ताहरूसहित रहेका कार्कीले हतियार सोझाएकै अवस्थामा प्रहरी घटनास्थल पुगेकोले मानवीय क्षति नभएको एमालेले दाबी गरेको छ ।

घटनामा तीनवटा मोटरसाईकल जलेका छन् । जलेकामध्ये दुई मोटरसाईकल कांग्रेस र एकवटा एमाले कार्यकर्ताको भएको प्रहरीले जनाएको छ ।