अनिल खत्री
गुल्मी, २४ असोज । गुल्मी असोज २३ गुल्मीको हस्तिचौरमा एक व्याक्ती मृत अबस्थामा फेला परेका छन । हस्तिचौर वाड नं. ४ घर भएका ३५ वर्षीय भीमबहादुर बिश्वकर्मा बिहीबार हस्तिचौर वाड नं. २ देउराली भन्ने स्थानमा मृत अबस्थामा फेला परेका हुन् ।
जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी निरिक्षक अम्बिकाप्रसाद गुप्ताले दिएको जानकारी अनुसार बिश्वकर्मालाई स्थानिय वासीले बुधवार हर्पुकोट देउरालीमा बिहान १० बजेसम्म देखेको बताएका छन । बिश्वकर्मालाई बिहीबार स्थानिय एक महिलाले खरबारिमा घाँस काट्न जादा बाँसघारी नजिकै मृत अबस्थामा देखेपछि प्रहरीलाई खबर गरेकी थिइन् ।
मृतक बिश्वकर्मा श्रीमतीसँग राम्रो सम्वन्ध नभएपछि अलग्गै बस्दै आएका थिए ।















प्रतिक्रिया