९ मंसिर २०८३, बुधबार

एमालेका सांसद खरेल अस्पताल भर्ना, शीर्ष नेता भेट्न पुगे

5.8k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २९ वैशाख । नेकपा (एमाले)का सांसद तथा पूर्वकानूनमन्त्री अग्नि खरेल बिरामी भएपछि अस्पताल भर्ना गरिएको छ ।

सांसद खरेललाई बिहीबार दिउँसो एक्कासि पेटमा दुखाइ भएपछि तत्काल अस्पताल लगिएको थियो । एमालेका एक नेताका अनुसार सांसद खरेललाई ‘पत्थरी’को समस्या देखिएको छ ।

प्रदर्शनीमार्गस्थित मोडल अस्पतालमा भर्ना भएका खरेलको चेकजाँचपछि पत्थरीको शल्यक्रिया गरिनेछ ।

बिरामी परेर अस्पताल भर्ना भएपछि सांसद खरेललाई भेट्न एमालेका नेता तथा शुभेच्छुकहरू अस्पताल पुगेका छन् ।

यसैबीच, एमाले संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङले सांसद खरेलको स्वास्थ्य अवस्थाका विषयमा अस्पताल पुगेर जानकारी लिएका छन् । नेम्वाङसँगै मुख्य सचेतक भानुभक्त ढकाल पनि अस्पताल पुगेको स्रोतले जनाएको छ ।