९ मंसिर २०८३, बुधबार

भोजपुरमा एमाले कार्यकर्तामाथि माओवादीले चलायो गोली, स्थिती तनावग्रस्त

84
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

भोजपुर, २९ वैशाख । स्थानीय निर्वाचनको अन्तिम तयारी भइरहेका बेला भोजपुरमा सत्तारुढ नेकपा माओवादी केन्द्रका कार्यकर्ताले प्रतिपक्षी एमाले कार्यकर्तामाथि गोली प्रहार गरेका छन् ।

भोजपुर नगरपालिका–१ हेलौछामा बिहीबारसाँझ एमाले कार्यकर्ता ३४ वर्षीय शारदा तामाङमाथि माओवादी केन्द्रका कार्यकर्ता ३८ वर्षीय एकिन्द्र भुजेलले गोली प्रहार गरेका हुन् ।

घर नजिकै रहेको जंगलमा हिँडिरहेको एमाले कार्यकर्ता तामाङलाई माओवादी कार्यकर्ताले गोली प्रहार गरेका थिए । तामाङ एमाले सम्बद्ध अनेमासंघ नगर कमिटिका सचिव समेत हुन् ।

गोलीप्रहार गर्ने पक्राउ

भोजपुरका डीएसपी काजीकुमार आचार्यका अनुसार गोलीप्रहार गर्ने माओवादी केन्द्रका कार्यकर्ता एकिन्द्र भुजेललाई प्रहरीले भरुवा बन्दुकसहित पक्राउ गरेको छ । र, उनीमाथि अनुसन्धान थालेको छ ।

एमालेद्धारा घटनाको भत्सर्ना, कारवाहीको माग

यसैबीच घटनाको एमालेले भत्सर्ना गरेको छ । एमाले भोजपुरका सचिव शरणकुमार राईले आफ्नो कार्यकर्तामाथि नियोजित रुपमा गोली प्रहार भएको भन्दै दोषीलाई कडा भन्दा कडा कारवाहीको माग गरेका छन् ।