काठमाडौं, २९ वैशाख । प्रधानमन्त्री पुष्पकमल दाहालले स्थानीय विकास राज्यमन्त्रीमा नेपाल फोरम लोकतान्त्रिक पार्टीका सांसद जनकराज चौधरीलाई पद तथा गोपनीयताको सपथ गराउने भएका छन् ।
सिंहदरबारमा बिहान साढे ११ बजे प्रधानमन्त्री दाहालले चौधरीलाई राज्यमन्त्रीमा सपथ गराउन लागेको उच्च स्रोतले जनाएको छ ।
फोरम लोकतान्त्रिकका अध्यक्ष विजय गच्छदारको नेतृत्वमा तीन वटा मन्त्रालय सम्हाल्ने गरी सरकारमा सहभागी भएका छन् ।
सोही पार्टीका दुई जनाले राज्यमन्त्रीको शपथ लिए पनि चौधरी बाहिर रहका कारण सपथ लिन पाएका थिएनन् ।
कैलाली जिल्लाबाट प्रत्यक्षमा निर्वाचित चौधरी संसदको वातावरण समितिको सभापति समेत हुन् ।











प्रतिक्रिया