३० आश्विन २०८३, शुक्रबार

युनिसेफद्वारा पारसलाई अपमान, दर्शकदीर्घामा राखियो

28
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Paras & Amir
काठमाडौं, २४ असोज । बलिउड सुपरस्टार आमिर खानलाई न्यानो आतिथ्य दिने क्रममा युनिसेफले नेपाली क्रिकेट टिमका कप्तान पारस खड्कालाई भने हेपाहा व्यवहार गरेको छ।

बुधबार आयोजित कार्यक्रममा पारसलाई घन्टौंसम्म फाल्तुजस्तै बनाएर राखियो।

भारतका लागि युनिसेफको सद्भावना दूत रहेका आमिरलाई दक्षिण एसियाका दूत घोषणा गर्न आयोजित कार्यक्रममा नेपालका सद्भावना दूतको हैसियतमा रहेका पारसलाई निम्तो गरिएको समाचार आजको नयाँ पत्रिका दैनिकले छापेको छ ।

आमिर र पारसले संयुक्त रूपमा युनिसेफको सुनौला १००० दिनको उद्घाटन गर्ने कार्यक्रम थियो। तर, आमिरलगायत आयोजकलाई मञ्चमा राखेर पारसलाई दर्शकदीर्घामा राखियो।

कार्यक्रममा उद्घाटन गर्दा मात्र पारसलाई स्टेजमा बोलाइयो। उद्घाटनपछि उद्घोषकले उनलाई थोरै एक मिनेट बोलेर फेरि दर्शक दिर्घामै ओर्ले। त्यसअघि आमिरले आमाको दूधको महत्वका बारेमा करिब आधाघन्टा प्रवचन दिएका थिए।