काठमाडौं, २८ वैशाख । आफ्नो प्रचार शैलीका कारण चर्चामा आइरहने स्वास्थ्यमन्त्री गगन थापाले स्वास्थ्य क्षेत्रमा ठूलो अनियमितता भित्र्याएको ठूलो घटनाको पर्दाफास भएको छ ।
नेपाल औषधि आयातकर्ता संघले बिहीबार काठमाडौंमा पत्रकार सम्मेलन गरेर मन्त्री थापाले औषधि खरिदमा आफू मातहतको औषधि व्यवस्था विभागलाई करोडौँ रुपियाँ घाटाला हुने गरेर काम गर्न अनुमति दिएको खुलासा गरेको हो ।
औषधि व्यवस्था विभागले हेपेटाईटिस ‘सी’ को औषधिको पटके आयात सिफारिस दिने क्रममा दुई आयातकर्ताहरूले ‘प्रतिबट्टा (२८ ट्याब्लेट) क्रमशः २८ हजार ५ सय र ३३ हजार ७ सय ५० मा उपलब्ध गराउन सक्ने दाबी गर्दै आबेदन दिएकोमा नियम मिच्दै र मन्त्री गगन थापाको नाराकै खिल्ली उडाई प्रतिबट्टा ३३ हजार ७ सय ५० मा बेच्ने दाबी गर्ने व्यवसायीलाई प्रतिबट्ट रु ४० हजार मा बेच्ने गरी स्वीकृति दिएको निर्णयबारे हामीले मन्त्रीको ध्यानाकर्षण गराउँदा पनि सुनुवाई भएन’, विज्ञप्तिमा भनिएको छ । संघका अनुसार हेपेटाईटिस ‘सी’का बिरामीले निको हुन कम्तिमा ३ वटा बट्टा औषधिको सेवन गर्नुपर्छ ।
‘स्वास्थ्यमन्त्री थापा स्वदेशी औषधि उद्योगीहरूको दवावमा आई गठन गरेको कार्यदलको प्रतिवेदनलाई नै आधार मानेर लगभग ३५ प्रकारका गुणस्तरीय औषधिको आयातमा समेत रोक लगाउने खालको घातक निर्णय भएको भन्ने जानकारी प्राप्त हुन आएकोमा घोर आपत्ति जनाउँदै निर्णय नसच्याएसम्म र आयातकर्ताको १५ बुँदे माग पूरा नभएसम्म चरणबद्ध आन्दोलन गर्ने निर्णय भएको छ’, संघको विज्ञप्तिमा उल्लेख छ ।
मन्त्री थापाले औषधि आयातकर्ताहरूले आयात हुने कतिपय औषधिममा ४ सयदेखि २२ सय प्रतिशतसम्म मुनाफा लिने गरेको आरोप लगाएपछि औषधि आयातकर्ताहरूले त्यसको खण्डन गर्दै आफूहरूले औषधि व्यवस्था विभागले तोकेको दररेटमा मुनाफा लिएको बताएका छन् ।
संघका अध्यक्ष अञ्जन पुडासैनीले स्वास्थ्यमन्त्री थापाले जनतालाई सस्तो दरमा गुणस्तरीय औषधि उपलब्ध गराउने सस्तो, चर्को र कर्णप्रिय नारा लगाएर गरिव जनताको भावनासँग खेलवाड गरेको आरोप लगाए । उनले स्वदेशी औषधि कम्पनीहरूको महँगो औषधिलाई बढावा दिन स्वास्थ्यमन्त्री गगन थापाले सीमित व्यवसायीहरूको हितका लागि निर्णय गरेको बताए ।
संघका महासचिव पवन आचार्यले आफूहरूको मागको सुनुवाई नभए औषधिहरूको आयात ठप्प पार्ने चेतावनी दिए ।
आचार्यका अनुसार वैशाख २९ गते औषधि व्यवस्था विभागमा मुखमा कालोपट्टि बाँधेर ज्ञापनपत्र बुझाउने, जेठ २ गते औषधि व्यवस्था विभागमा कालोपट्टि बाँधी धर्ना दिने, जेठ ७ गते सांकेतिक स्वरुप आयातकर्ताहरूले बिलिङ बन्द गर्ने तथा जेठ ८ गतेदेखि बिलिङ बन्द गर्नुका साथै आयात समे ठप्प पार्ने निर्णय संघले गरेको छ ।
स्वदेशी औषधि कम्पनीहरूको दवावमा मन्त्री थापाले कमिशन लिएर औषधि आयातकर्ताहरूलाई सस्तोमा औषधि बिक्री नगर्न दवाव दिएको संघको आरोप छ ।

















प्रतिक्रिया