करिब २० वर्षपछि हुन लागेको स्थानीय तहको निर्वाचनसंगै नेकपा एमालेको चुनावी चहलपहल देशैभरी उत्साहका साथ अगाडी बढिरहेको सन्दर्भमा नेपालको मध्यभागमा र संघियताको विभाजनमा प्रदेश नम्बर चार अन्तरगत पर्ने गैडाकोट नगरपालिकामा पनि एमालेको चुनावी चहलपहल उत्साहका साथ अगाडि बढिरहेको छ । पार्टीको नीति र सिद्धान्तका कारण देशैभरी एमालेको विजय सुनिश्चित भइरहेको परिपेक्षमा गैडाकोटमा पनि एमाले विजय उन्मुख छ । गैडाकोटको नगरपालिकामा नेकपा एमालेले यहाँका चर्चित, निष्ठावान, जनप्रेमी उम्मेद्वार छत्रराज पौडेललाई मेयर पदमा अगाडी सारेको छ । जनताको मनमा बस्न सफल छत्रराज पौडेल तीन दशकदेखि विभिन्न जनवर्गीय संगठनका जिल्ला तहका मोर्चाहरु सम्हाल्दै कुशल संगठकको रुपमा स्थापित नेताको रुपमा सबैले चिन्ने गर्नुहुन्छ । पंचायती ब्यवस्थाको विरुद्धमा भएका आन्दोलनमा भुमिगत हुँदै २०४६ सालको जनआन्दोलन र २०६२–६३ मा नवलपरासी र चितवनमा आयोजना गरिएको आन्दोलनका कार्यक्रममा अग्रपंक्तिमा सहभागिता जनाउदै प्रजातन्त्र प्राप्तीपछि अनेरास्ववियु नवलपरासीको संयोजक, हुँदै गैडाकोटमा पार्टीको सदस्य धेरै कार्यकाल सचिव जस्तो गरीमामय पदमा रही गैंडाकोट जस्तो स्थानमा पार्टीको प्रभाव बलियो बनाउने काममा अहोरात्र खट्नुभइ पार्टी सदस्यहरु र समर्थकहरुको संख्या वढाउन खेलेको भुमिका निकै महत्वपूर्ण मानिन्छ । २०५४ सालमा २३ वर्षको उमेरमै साविकको गैडाकोट गाविसको अध्यक्ष को प्रत्यासीको रुपमा निर्वाचनमा होमिएर झिनो मतका कारण असफल हुनु भएका पौडेल हाल जिल्ला कमिटीमा सदस्यको जिम्मेवारी सम्हाल्दै आउनुभएका छत्रराज पौडेललाई यतिवेला जनपक्षीय उमेदवारको रुपमा हेरिएको छ । गैडाकोटमा जनपक्षीय उमेद्वारको रुपमा देखा परेका पौडेललाई नगरवासीको आशाका केन्द्रविन्दुको रुपमा राख्दै यस पटक मेयरको रुपमा विजयी गराउन गैडाकोटका जनताहरु विजयीको पगरी गुताउन आतुर देखिएका छन् । गैडाकोट नगरपालीकामा नेकपा एमालेको मेयरको रुपमा रहेका पौडेलसंग गैडाकोट नगरीलाइ समृद्ध नगर बनाउन के कस्ता कार्यक्रम र प्रतिवद्धता छन् भन्ने बारेमा प्रेस चौतारी नेपाल, नवलपरासीका अध्यक्ष हिमालदेव पंगेनीले गर्नुभएको संक्षिप्त कुराकानीः
स्थानीय तहको निर्बाचन नजिकिदै गएको छ । निर्बाचनमा कत्तिको लाग्नुभएको छ ?
अबश्य नजिकिएको छ । बिशेषगरी २० वर्षपछि मुलुकमा भिन्नै तरिकाले स्थानिय तहको निर्बाचन हुन लागिरहेको छ । निर्वाचन घोषणा संगै आम जनसमुदाय र विभिन्न राजनैतिक दलहरु अत्यन्तै उत्साहका साथ लागिराख्नुएको छ । यो निर्वाचनले स्थानिय क्षेत्रको बिकाशले गति पाउँछ भन्नेमा आम जनताले आशा र भरोषा गरिरहेका छन् । करीव २० वर्ष सम्म स्थानिय निर्बाचन हुन नसकेको र जसका कारण जन प्रतिनिधीको अभाब भइ गाउँ, नगरको बिकाशको गति अत्यन्त पछाडि परेको महसुस पनि गरेका छन् । लामो समयको अन्तरालमा हुन लागेको यो निर्वाचनले, सबै जनतामा एक खालको आशा जागेको छ । केन्द्रितहमा रहेका विभिन्न अधिकारहरु जनताका घरदैलोमा आएकाले जनताहरुमा थप उत्साह पैदा भैरहेको ले पनि स्वाभाविक रुपमा हामी र हाम्रा उमेद्वारहरु निकै उत्साहका साथ जितलाइ निश्चित गर्दै निर्बाचनमा लागिरहेका छौ । साथै सक्रीयता पूर्वक जनताको बिचमा पुगिरहेका छौं ।
गैडाकोट नगरपालिकाको मेयर पदमा उमेद्वारी दिनुभएको छ । यहाँको उमेदवारी के का लागि र किन हो ?
म २४ वर्ष देखि सामाजिक एवम् राजनैतिक क्षेत्रमा अनवरत रुपमा लागिरहेको छु । मैले आज भन्दा २ दशक अगाडी साबिक गैडाकोट गा. वि. स. मा अध्यक्षको उम्मेदवारका रुपमा स्थानिय चुनाबमा लँडे, तर अफसोच म अत्यन्तै झिनो मत अन्तरले पराजित भए । त्यस पश्चात आफ्नो निजि स्वार्थलाई पनि ध्यान नदिई म सामाजिक जीबनमा लागी परेर निरन्तर राजनैतिक र सामाजिक काममा लाग्दै आईरहेको छु । मैले मेरो जिबन नै समाजको निम्ती सर्मपण गर्दै आएको छु । म जनताको शुख दुखमा नजिकमा रहेर निरन्तर लागी पर्दै आएको उमेद्वार भएको कारण पनि मेरो उमेदवारी हो । साथै छोटकारीमा भन्नुपर्दा गैडाकोटलाइ बिकसित र समृद्ध बनाउन नै मेरो उमेदवारी आएको हो । यहाँका आम जनताको विकास प्रतिको चाहना अझै पुरा हुन नसकेको परीप्रक्षमा मेरो उमेदवारी आएको कुरा मैले मात्रै आम मतदाताले पनि वताइसक्नुभएको छ । मैले जुन क्षेत्रलाइ आफ्नो कार्यक्षेत्र वनाएर अहिले सम्म निरन्तर लाग्दै आए त्यसले पनि मेरो उमेदवारीको पुष्टी गर्दछ । एउटा दलमात्र नभएर अन्य पार्टीहरुले पनि मलाइ साझा उम्मेद्वारको रुपमा अगाडी वढ्न गरेको अनुरोध र सहयोगलेपनि मेरो उमेदवारीको विषयलाइ थप पुष्टी गर्दछ ।
विशेषतः यहाँ विगत तिन दशक भन्दाअगाडी देखि यो क्षेत्रको एक जना जनप्रिय नेताको रुपमा पनि हुनुहुन्छ र जनता संग निकै नजिक पनि हुनुहुन्छ । त्यसैले यहाँको सबै समस्या यहाँलाइ थाहा पनि छ होला । अहिले यहाँका मूख्य समस्याहरु के के छन् ?
विशेषगरी गैंडाकोटको भौगोलिक अवस्था र यहाँ वस्ने जनताको चाहना फरक फरक छन् । त्यसकै आधारमा यहाँको समस्या पनि फरक फरक छन् । प्रथमतः गैंडाकोटलाई समृद्ध बनाउन ब्यवस्थित वसोवासको समस्या रहेको छ । त्यस्तै शिक्षा, कृषि, महिला, बालबालिका, जनजाती, पिछडिएको जातजाती, युवा, वृद्ध वृद्धा, अल्पसंख्यक जातजाति लगायत यातायात, उचित वाटोघाटो, जनतालाई सामान्य आधारभुत आबश्यकताहरु पुरा गर्न पनि निकै समस्या छ । यी वाहेक जनजिविका संग सम्वन्धी धेरै समस्याहरु पनि यहाँ पाइन्छन् ।
तपाइले धेरै समस्याहरु देखाउनुभयो । यति धेरैसमस्या समाधान गर्नका लागि कस्ता कस्ता योजनाहरु छन् त यहाँसंग ?
वास्तबमा इच्छा शक्ति भयो भने जे कुरा पनि सम्भव छ । हामी र हाम्रो पार्टी यो देशका जुन सुकै समस्याहरुको समाधान गर्नकालागि स्पष्ट धारणा सहित आएको कुरा तपाइलाइ थाहा नै छ । जतिवेला हाम्रो पार्टीलाइ सरकारको वागडोर प्राप्त हुन्छ त्यतिवेला जनताको पक्षमा ल्याएका कार्यक्रमहरुले धेरैकुराहरुलाइ पुष्टी गरीसकेको छ । जहा सम्म गैडाकोटको समस्या समाधान गर्ने कुरा गर्नुभयो, म यस क्षेत्रको समस्या समाधानको लागि नयाँ सोच र योजनाको साथमा आएको छु । क्षमता र योग्यताका आधारमा मान्छेले जब नयाँ योजना र लक्ष्य सार्छ तब कठिन कार्य पनि सफलता पुर्वक सम्पन्न हुन्छन् भन्नेकुरा मा म विश्वास गर्ने मान्छे हुँ । हामी भिजनका साथमा आएकाले पनि यहाँ देखीएको समस्या जनताको चाहना अनुसार पुरा गर्छौ । यसमा म प्रतिको विश्वास पनि छ यहाँका जनताको छ । म त्यस कार्यमा अगाडी बढ्न पुर्ण प्रतिबद्ध पनि छु । मैले भनिसके हामी संग त्यो बैद्धिक पङ्ती छ, जसले कुनै काम पनि सजिलै सम्पन्न गर्न सक्छ । त्यस्तो युवा पंक्ति छ जसले कुनै पनि कामलाइ सजिलै सहज तरीकाले सम्पन्न गर्न सक्छन् । अन्य मानिसहरु को पंक्ति पनि त्यस्तै छ जसल ईच्छाशक्ति र क्षमता पनि छ । त्यसैले यस पटक अवसर प्राप्त पनि हुनेछ र सवै समस्या समाधान गरेर देखाउने क्षमता राख्दछ । अरु ब्यक्ति गफ गर्नका लागी गर्छन, तर म काम गर्नका लागी मात्र अगाडी आएको हुँ ।
यहाँको विजय सुनिश्चित छ भन्ने सुनिएको छ । के आधारहरु छन् जसकाकारण तपाइको जित सुनश्चित हुनुमा ?
अत्यन्त महत्वपूर्ण विषय उठान गर्र्नुभयो । हाम्रो पार्टी नेकपा एमाले र यस पार्टीैमा आवद्ध सवै नेता तथा कार्यकर्ता अनि समय समयमा हाम्रो पार्टीले ल्याएका जनपक्षीय कामहरु नै समग्र एमाले उमेदवारहरुको जितको आधार हो । कुनै वेला वृद्ध भत्ताको वाड्ने कल्पना पनि नगरेको समयमा वृद्ध वृद्धाहरुको सम्मानका लागि वितरण गरीएको वृद्ध भत्ता जस्ता कल्याणकारी कार्यदेखी आफ्नो गाँउ आफै वनाउ लगायतका कामहरुले मुलुकभरी नै जनता एमालेप्रति आकर्षीत भइरहेका छन् । यी पनि मेरा जित सुनिश्चित छ भन्ने कुराको प्रमाण हो । यता गैडाकोटको कुरा गर्ने हो भने विगतको जस्तो कुनै एउटा पार्टिकोगढको रुपमा छ भन्ने कुरा प्रति विश्वास नगर्दा हुन्छ । विगतलाइ हेरेर हामीले जित्छौ भन्दै हिड्ने ती दलहरुले अहिले दिउसै सपना देखेर रमाएको अनुभुति मलाइ भइरहेको छु । अहिले गैडाकोटमा एमालेको राष्ट्रियता प्रतिको अडान, जनपक्षीय कार्यहरुका कारण एमालेमा कार्यकर्ताहरुको भिड लागिरहेको छ । त्यस्तै उनिहरुले एमाले ले वाहेक अरु कसैबाट गैडाकोटको समस्या समाधान हुनै सक्दैन भन्ने कुरा मा पनि सर्वसाधारणले विश्वास पनि गरेका कारण र हाम्रो जनपक्षीय उमेद्वारहरुको पंक्तीको कारणलेपनि मेरो जित सुनिश्चित वनाएको छ । अझ तपाइलाइ भन्नुपर्दा परीणाम मात्र वाहिर आउन मात्र वाँकी छ । जनताले भने घोषणा गरीसकेका छन् ।
अन्तमा गैंडाकोट नगरपालिका आम मतदातालाइ यो समयमा के भन्न चाहानुुन्छ ?
राजनैतिक परिबर्तन नभैकन आर्थिक परिबर्तन, बिकास र समृद्धि नहुनेभएकोले म त्यस दिशामा सबै पक्षको सहयोग लिदै सबैसंग हातोमालो गर्दै अगाडी वढ्ने मनसायका साथ मेरो उमेदवारी आएको हो । त्यसैले स्पष्ट भिजनका साथ समृद्ध गैडाकोट निर्माणको लागि सबै जनसमुदायलाई निर्धक्क भएर मलाइ अत्याधिक मत दिएर बिजयी गराउन आग्रह गर्दछु । जनताको भावना अनुसार अगाडी वढ्ने कुरामा क नै कसुर वाँकी रहने छैन ।अझ भनौ फरक विचार राख्ने सम्पूर्ण पक्षहरुको पनि सरसल्लाह र सुझाव अनुसार समृद्ध गैडाकोट वनाउने महान अभियानमा लाग्ने कुरामा विश्वास दिलाउन पनि चाहान्छु । त्यसैले यस्तो महान अभियानलाइ सफल पार्नपनि सवैलाइ सूर्यमा मतदान गर्न आग्रह गर्दछु ।












प्रतिक्रिया