सिन्धुपाल्चोक, २८ वैशाख । चुनावका लागि मतदाता बोकेको बस दुर्घटना हुँदा दुईजनाको मृत्यु भएको छ । काठमाण्डौंबाट दोलखा जाँदै गरेको बा ३ ख ५०५६ नम्बरको बस सिन्धुपाल्चोकको खाडीचौरस्थित ३ किलोमा दुर्घटना हुँदा २ को मृत्यु भएको हो ।
जिल्ला प्रहरी कार्यालयकाअनुसार मृत्यु हुनेमा दोलखाका ७६ वर्षीय मुक्तिनाथ घिमिरे र ६६ वर्षीया रत्नकुमारी घिमिरे छन् ।
दुर्घटनामा ३५ जना घाइते भएका छन् । घाइतेमध्ये १० जना गम्भीर छन् । गम्भीर घाइतेहरुको थप उपचारका लागि धुलिखेल र काठमाडौं ल्याउँदै गरेको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकले जनाएको छ ।











प्रतिक्रिया