९ मंसिर २०८३, बुधबार

‘धेरै राम्रा कामहरू गरेको छु, चुनाव जनताको एजेण्डाले जित्नुपर्छ’

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २८ वैशाख । प्रधानमन्त्री पुष्पकमल दाहालले आफ्नो नेतृत्वमा सरकार नबनेको भए स्थानीय निर्वाचन मात्र होइन स्थानीय तह पनि बन्न नसक्ने बताउनुभएको छ ।

काठमाडौंको साँखु, थली र बौद्धमा भएका चुनावी सभाहरुलाई बुधबार सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले उक्त कुरा बताउनुभएको हो ।

‘स्थानीय तहलाई गाउँ पंचायत वा गाविसकै रुपमा राख्न खोज्ने प्रवृत्तिबिरुद्ध लामो संघर्ष गर्नु परेको र अन्ततः कार्यपालिका, व्यवस्थापिका र न्यायपालिकाको अधिकार सहितका स्थानीय तह बनाउन सकिएको बताउँदै उहाँले भन्नुभयो ‘मेरो नेतृत्वमा सरकार नबनेको भए स्थानीय निर्वाचन मात्र होइन स्थानीय तह पनि बन्न सक्ने थिएन ।’

चुनावमा देश र जनताको एजेण्डाले जित्नुपर्ने बताउनु भएको छ । चुनाव कस्ले जित्छ भन्ने भन्दा पनि देश र जनताले जित्ने बताउनुभएको हो । ‘देशमा ठूला राजनैतिक परिवर्तन भएपनि जनताको जीवन परिवर्तन नहुँदा जनतामा निराशा बढेकाले यो निर्वाचनले जनतालाई उत्साह थपेको छ’, उहाँले भन्नुभयो, ‘वैशाख ३१ मा नेपाली जनताको जीत हुनेछ ।’
प्रधानमन्त्री प्रचण्डले अव स्थानीय तह कार्यान्वयनपछि भ्रष्टाचार पनि रोकिने बताउनुभयो । ‘अव केन्द्रले होइन स्थानीय तहले आफै विकासका काम गर्छ’ उहाँले भन्नुभयो ‘माथिबाट पैसा पठाउने र भ्रष्टाचार गर्ने प्रबृत्ति अव हुँदैन ।’

उहाँले यो सरकारले हुलाकी सडक, फाष्ट ट्रयाक नेपाली सेनालाई निर्माण गर्न दिएको, लोडसेडिङ्ग अन्त्य गरेको र आर्थिक बृद्धिदर ६.९४ प्रतिशत पुगाउने लगायतका महत्वपूर्ण काम गरेको बताउनुभयो । ‘अव आर्थिक बृद्धिदर ७.५ पुग्छ’ – उहाँले भन्नुभयो ।