१ कार्तिक २०८३, शनिबार

धादिङमा शिक्षकको हत्या

28
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

धादिङ, २३ असोज । धादिङको नीलकण्ठ नगरपालिका–१३ स्थित पाँचकन्या निम्न माध्यमिक विद्यालयका शिक्षक भरतसारु मगरको बञ्चरो प्रहार गरी हत्या गरिएको छ ।

प्रहरीका अनुसार शिक्षक मगर बुधबार राति घर नआएपछि परिवारले खोजी गर्दै जाँदा उनको शव बिहीबार दिउँसो घर नजिकैको कोदोबारीमा फेला परेको थियो ।

घटनाको अनुसन्धान भइरहेको र हत्याराको खोजी भइरहेको प्रहरीले जनाएको छ । मृतक शिक्षक नेपाल शिक्षक सङ्घको सदस्यसमेत रहेको बताइएको छ ।