९ मंसिर २०८३, बुधबार

प्रधानमन्त्रीले काठमाडौंमै गरे निर्वाचन आचारसंहिता उल्लंघन, राप्रपाद्धारा कारवाहीको माग

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २७ वैशाख । प्रधानमन्त्री पुष्पकमल दाहालले निर्वाचन आचारसंहिता उल्लंघन गरेको भन्दै राष्ट्रिय प्रजातन्त्र पार्टी काठमाडौंले आपत्ति जनाएको छ ।

विहिवार प्रधानमन्त्री दाहालले राजधानीको गोकर्णेश्वर नगरपालिका, कागेश्वरी मनोहरा नगरपापालिकाको थली र शंखरापुरा नगरपालिकाको साँखुमा सरकारी साधन श्रोतसहित पुगी चुनावी सभा गरेको दावी राप्रपाको छ ।

राष्ट्रिय प्रजातन्त्र पार्टी काठमाडौंका सभापति नवराज शिंखडाले विज्ञप्ती जारी गर्दै निर्वाचन आयोगले जारी गरेको आचारसंहिता विपरित मुलुकको कार्यकारी प्रमुखबाटै सरकारी साधनको दुरुपयोग हुनु चिन्ताको विषय भएको बताए ।

सरकारी तामझामकासाथ प्रधानमन्त्रीले आफ्नो पार्टीको उमेदवारको पक्षमा मत माग्दा स्वतन्त्र, निष्पक्ष र भय रहित वातावरणमा निर्वाचन हुन नसक्ने भन्दै राप्रपाले यसतर्फ निर्वाचन आयोगले तत्काल कारवाही अगाडी बढाउन माग गरेको छ ।