९ मंसिर २०८३, बुधबार

चुनावको मुखैमा एमाले कार्यकर्ताको हत्याले प्रहरीमा खैलाबैला, घटनास्थलमा छुट्टाछुट्टै टोली परिचालन

28
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

फाइल तस्वीर

काठमाडौं, २७ वैशाख । चुनावको मुखैमा एमाले कार्यकर्ताको हत्या भएपछि नेपाल प्रहरीमा खैलाबैला भएको छ ।

गृह मन्त्रालयले वैशाख ३१ को स्थानीय तहको निर्वाचनको सुरक्षा व्यवस्था चुस्त बनाइएको दाबी गरिरहेका बेला एमाले र माओवादी केन्द्रबीच मंगलबार राति भएको झडपमा एमाले युवा कार्यकर्ता कुलबहादुर तामाङको ज्यान गएपछि प्रहरी प्रधान कार्यालय (हेडक्वार्टर)लाई सुरक्षाको वातावरण बनाउन दबाब परेको हो ।

चुनाव आउन ३ दिनमात्रै बाँकी रहँदा दोलखाको गौरीशंकर गाउँपालिका–१ जुँगुमा भएको घटनालाई हेडक्वार्टरले गम्भीर रुपमा लिँदै अनुसन्धानका लागि छुट्टाछुट्टै टोली घटनास्थलमा खटाएको छ ।

प्रहरी प्रवक्ता एसएसपी सर्वेन्द्र खनालका अनुसार आईजीपी प्रकाश अर्यालको विशेष चासो र सक्रियतामा प्रहरी हेडक्वार्टका डीएसपी, केन्द्रीय अनुसन्धान ब्यूरोका एसएसपी शेरबहादुर बस्नेत र जनकपुर अञ्चल प्रहरी कार्यालयका एसएसपी सुवास चौधरीको कमाण्डमा अनुसन्धानका लागि छुट्टाछुट्टै तीन प्रहरी टोली घटनास्थलतर्फ पठाएको हो ।

दोलखा घटनालाई प्रहरीले गम्भीर रुपमा लिएको भन्दै प्रवक्ता खनालले त्यसको सत्यतथ्य छानबिन गरी दोषीमाथि कारबाही गरिने स्पष्ट पारे । उनले निर्वाचनमा सुरक्षाको प्रत्याभूति गराउन पनि प्रहरी प्रतिबद्ध रहेको समेत बताए ।