८ मंसिर २०८३, मंगलबार

गच्छदार आउँदा वरियताको पुछारमा पुगे निधि, अब के गर्लान ?

42
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २६ वैशाख । व्यवस्थापिका संसदको पाँचौं शक्ति नेपाल लोकतान्त्रिक फोरमका अध्यक्ष विजय गच्छदार सरकारमा आउँदा उपप्रधान तथा गृहमन्त्री विमलेन्द्र निधि वरियताको पुछारमा पुगेका छन् ।

गच्छदारले सोमबार मात्रै उपप्रधान एवं संघीय मामिला तथा स्थानीय विकासमन्त्रीका रुपमा राष्ट्रपतिबाट सपथ लिई कार्यभार समेत सम्हालिसकेका छन् । कार्यभार सम्हालेसँगै गच्छदारलाई वर्तमान मन्त्रिपरिषदमा प्रधानमन्त्रीपछि दोस्रो बरियतामा राखिएको छ । अर्थात गच्छदार वरियतामा निधिभन्दा दुई स्टेप माथि रहँदै शीर्ष स्थानमा छन् । सरकारको अधिकारिक वेबसाइटमा प्रधानमन्त्रीपछिको दोस्रो बरियतामा गच्छदारलाई राखिएको छ । तेस्रोमा कृष्ण महरा छन् भने चौथोमा निधिलाई राखिएको छ ।

निधिले अब के गर्लान ?

तत्कालिन उपप्रधानमन्त्री कमल थापालाई प्रधानमन्त्रीपछि दोस्रो बरियतामा राखिएपछि रुष्ट भई राजीनामा नै दिएका उपप्रधानमन्त्री तथा गृहमन्त्री विमलेन्द्र निधिले गच्छदारलाई शीर्ष स्थानमा र आफूलाई पुछारमा राखेपछि अब के गर्लान भन्ने प्रश्न अहिले उठेको छ ।

हुन त यो सरकारको आयु धेरै छैन् । कम्तीमा एकहप्ता नभए दुई हप्तासम्म प्रचण्ड प्रधानमन्त्री रहनेछन् । त्यसपछि नयाँ सरकार बन्नेछ । तैपनी सरकारको अधिकारिक वेबसाइटलाई मान्ने हो भने यो अवधिभर गच्छदार उपप्रमको शीर्ष स्थानमै रहनेछन् ।

यस्तो बेला कमल थापालाई बरियतामा आफूभन्दा अगाडि राखिएको भन्दै मन्त्रिपरिषद् बैठक बहिष्कार तथा पदबाटै राजिनामा दिने निधिलाई अहिले नैतिक संकट आइलागेको छ । उनले के गर्छन् भन्ने त अहिले नै केही बाहिर आएको छैन् । तर, सरकारको आयु एक दुई हप्ता मात्रै बाँकी रहेकाले प्रधानमन्त्री कार्यालयले तोकेको वरियता मानेर अगाडि बढ्ने पक्षमा निधि रहेको स्रोत बताउँछ ।

यद्यपी गच्छदार आउँदा वरियताको पुछारमा पुगेका निधिले के गर्छन् हेर्न बाँकी नै छ ।