काठमाडौं, २६ वैशाख । नेपाल विद्युत प्राधिकरणका प्रमुख कुलमान घिसिङले एलईडी बल्ब खरिद प्रक्रियामा अनियमिता गरेको भनी लागेको आरोपको खण्डन गरेका छन् ।
मंगलबार पत्रकारहरुमाँझ गला अवरुद्ध उनले पार्दै भने- ‘बल्ब बेचेर जनताको पैसा खानुछैन् । २–४ घण्टा लोडसेडिङ गर्दिएरै करोडौं कमाउन सक्थे ।’
आफूले इमान्दार भएर काम गर्दा चरित्र हत्याको प्रयास भएको भन्दै उनले गहभरी आँसु पार्दै अगाडि भने- ‘म नेपाली जनतालाई अध्यारोबाट उज्यालोमा ल्याउन दिनरात नभनी काम काम गरिरहेको छु । यस्तो बेला मैले उहाँहरुबाट एक रुपैयाँ पनि खानेबारे सोच्न सक्दिन् । पैसा खानु नै छ भने २–४ घन्टा लोडसेडिङ गर्दा नै करोडौं कमाएर बस्न सक्थें ।’
उनले यदि कुनै कुनियत देखिए हामीलाई झुण्ड्याइदिए पनि हुने भन्दै अन्यथा यस्ता गलत प्रचार नगरिदिन आग्रह गरे । यसले काम गर्ने वातावरण र जागरलाई समेत प्रभाव पार्ने उनको चिन्ता छ ।
उनले भनेका छन्– ‘एलइडी बल्ब खरिद प्रकृयामा अनियमितता भएको भन्ने आरोप सुनियोजित रुपमा लगाइएको हो । यो झुठो आरोपको खण्डन गर्न चाहन्छौं । यदि भष्ट्राचार गर्ने नियत हुने नै हो भने २–३ घण्टा लोडसेडिङ गरेरै करोडौं कमाउन सकिन्थ्यो । बल्ब खरिद सम्झौताको बिल समेत हामीसंग सुरक्षित छ । यदि कुनै त्यस्तो नराम्रो गरेको भेटेमा सार्बजनिक ठाँउमै फासी दिए पनि हुन्छ । नत्र भने गलत प्रचार गरेर काम गर्ने वातावरण नखलबल्याउनुहुन अनुरोध गर्दछौं ।’











प्रतिक्रिया