१ कार्तिक २०८३, शनिबार

१ लाख दान गर्नेलाई गाईको दुध, गोवर र गहुत घरमै लगिदिने सुविधा

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

2012-10-15-1350334045सरिता पौडेल

चितवन, असोज २३ । देवघाटमा रहेको वागेश्वरी आध्यात्मिक परिषद् योगी नरहरीनाथ आश्रममा रहेका गाईको संरक्षणका लागि गौ संरक्षण केन्द्र सञ्चालक समिती सक्रिय बनेको छ ।
धार्मिक, आध्यात्मिक, पुरातात्विक र ऐतिहासिक महत्व बोकेको यस स्थानमा रहेका करिब २ सय गाईको संरक्षणका लागि गौ संरक्षण समिती सक्रिय बनेको हो ।   आर्थिक अभावका कारण गाईहरुको व्यवस्थापनामा कठिनाई भएको भन्दै समितीका संयोजक टकनाथ पौडेलको पहलमा गाई संरक्षणका लागि अभियान सुरु गरिएको हो ।
समितीले गाईको संरक्षणका लागि १० हजार दिनेलाई आजिवन सदस्य, २५ हजार दिनेलाई गौसेवा विशिष्ट सदस्यको प्रमाणपत्रले सम्मान गर्ने बताएको छ ।
५० हजार दिनेलाई गौसेवा श्रदेय सर्जक सम्मान र १ लाख दिनेलाई गौसेवा संरक्षक प्रमाणपत्रले सम्मान गरिनुका साथै राष्ट्रिय पर्वहरुमा घरमै गाईको दुध ,गोवर गहुत पुर्याइदिने व्यवस्था मिलाएको संयोजक पौडेलले बताउनुभयो ।
उहाँका अनुसार अहिलेसम्म गाईको संरक्षणका लािग भनेर वरिष्ट समाजसेवी तथा पुर्व सभासद मैयादेवी श्रेष्ठले र भनपा ६ लङकुका समाजसेवी केशवप्रसाद सुवेदीले एक–एक लाख रुपैंया दान गर्नुभएको छ ।
यस्तै समिती संयोजक टंकनाथ पौडेल, बुटबलका सुल श्रेष्ठ र भनपा ११ का भरतमणि खरेल आजिवन सदस्य बन्नुभएको छ । गौ संरक्षणकै लागि समितीले गाइको गहुतबाट अर्ग बनाएर बेच्ने योजनासमेत बनाएको छ ।
गाईको गहुत पकाएर बाफबाट निस्किएको थोपा अर्थात अर्गले ग्याष्ट्रिक अल्सर र क्यान्सर रोगकोसमेत औषधी हुने पौडेलको भनाई छ ।
यस्तै गाईको गोवरबाट सावुन बनाउने र दुध संकलन गरि बिक्री वितरण गर्ने समेत समितीले योजना बनाएको छ ।